• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

पटनामा प्रहरीको कुटाइबाट भाजपा नेताको मृत्यु



एजेन्सी । बिहार विधानसभामा सरकार विरुद्ध र्‍याली गरिरहेका भाजपा नेता तथा कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाइबाट धेरै नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

कुटपिटबाट जहानावाद जिल्ला महामन्त्री विजय सिंहको मृत्यु भएको छ । पूर्व उपमुख्यमन्त्री सुशील मोदीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।

पटना मेडिकल कलेज तथा अस्पतालका सुपरिटेन्डेन्ट आईएस ठाकुरले मृत्युको पुष्टि गरेका छन् । सिंहको मृत्युपछि अस्पतालको सुरक्षा व्यवस्था बढाइएको छ । विपक्षी दलका नेता विजय सिन्हा विधानसभा परिसरमा धर्नामा बसेका छन् । भाजपाले मुख्यमन्त्री नितिश कुमारको राजीनामा मागेको छ । भोलि भाजपाले राजभवनतर्फ मार्च गर्ने बताइएको छ ।

प्रहरीले भाजपा नेता तथा कार्यकर्तालाई डाकबंगला क्रसिङमा रोक्न खोजेको थियो । उनीहरु सहमत नभएपछि पहिले वाटर क्याननबाट पानी हालेका थिए । अश्रु ग्यास प्रहार गरियो । त्यसपछि झडपको स्थिती सिर्जना भएको थियो । भाजपा कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । प्रहरीमाथि खुर्सानी स्प्रे प्रहार भएको छ ।

पूर्व उपमुख्यमन्त्री सुशील मोदीले जहानावादका महासचिव विजय कुमार सिंहलाई प्रहरीले नराम्ररी कुटेको बताए । उनलाई नर्सिङ होममा भर्ना गरिएको थियो । टाउकोमा गम्भिर चोट लागेको थियो । गम्भीर अवस्थामा उनलाई पीएमसीएचमा लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो । सुशील मोदीले आफ्ना महिला कार्यकर्तालाई पनि कुटपिट भएको बताएका छन् ।

बिहार बीजेपीले पनि यस कार्यक्रमको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको छ । यसमा सरकारसँग १० लाखलाई रोजगारी दिने हिसाब मागिएको छ । प्रेस विज्ञप्तिमार्फत सरकारलाई हालसम्म कति नियुक्ति भएका छन् र कति प्रक्रियामा छन् भन्ने प्रश्न पनि उठाइएको छ ।