११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

संवैधानिक ईजलास गठन हुँदै, यी हुन् सम्भावित न्यायाधीशहरु

संवैधानिक ईजलास गठन हुँदै, यी हुन् सम्भावित न्यायाधीशहरु
अ अ+ अ-

काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध गर्ने कार्य संविधान बिपरित भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई गर्ने संवैधानिक इजलासका को को श्रीमानहरु रहनुहुन्छ भन्ने सर्वत्र चासो रहेका छ । सर्वोच्च अदालतबाट आउने आदेशले मुलकको नै राजनीतिक दिशा तय गर्ने हुनाले पनि संवैधानिक इजलास प्रति चासो बढ्को हो । विघटित प्रतिनिधिशभाका १४६ सांसद उपस्थित भएर दायर गरेको रिटमाथि १३ गतेबाट सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

योसंगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कुन कुन न्यायधीस राखेर संवैधानिक इजलास गठन गर्नुहुन्छ होला भन्ने चासो हुनु स्वभाविक नै हो ।  स्वतन्त्र न्यायपालिकाको निष्पक्षता र उसको न्यायिक भूमिकामाथि आमरुपमै प्रश्न उठिरहेको समयमा प्रधानन्यायधीश राणाले छान्ने सहकर्मीहरु कस्ता होलान् । 

प्रधानन्यायाधीश राणालाई राम्रोसंग बुझेका एक वरिष्ठ अधिवक्ताका अनुसार यस पटक उहाँले मिरा खड्का, बिश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी, ईश्वर खतिवडा र डा। आनन्दमोहन भट्टराईमध्येबाट नै छनौट गर्नसक्नु हुन्छ होला। 

यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन हुदा प्रधानन्याधीश राणाले हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी, अनिल सिन्हा रहनुभएको बेञ्च गठन गर्नुभएको थियो । तर सुनुवाईका क्रममा कानूनव्यवसायीहरुले न्यायधीस हरिकृष्ण कार्कीको निष्पक्षतामा प्रश्न उठाएपछि कार्कीले बेञ्चमा नबस्ने घोषणा गरेपछि सपना मल्ल प्रधानलाई लगिएको थियो । 

ती वरिष्ठ अधिबक्ताका अनुसार सरप्राईज फैसला गर्ने प्रधानन्यायधीस राणाको शैलीका कारण यसपटक अघिल्लो बेलाको जस्तो ईजलास गठनमा नै विवाद नहोस भन्ने कुरामा उहाँ सचेत जस्तो देखिनुभएको छ । संबिधान अनुसार जटिल संवैधानिक प्रश्नको छिनोफानो संवैधानिक इजलासले गर्ने व्यवस्था छ । 

धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था गरिएको छ । सो धाराअनुसार सर्वोच्चमा एक संवैधानिक इजलास रहने र त्यसमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य न्यायाधीश रहने प्रावधान छ ।