२३ असार २०८३, मंगलवार
,
Latest
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन उमेरको मानिसको दिमाग सबभन्दा शक्तिशाली, यस्तो छ अध्ययनको निष्कर्ष



अ+ अ-

काठमाडौं । नव मस्तिष्कमा गरिएको एक अध्ययनले ३५ वर्षको उमेरमा दिमाग कग्निटिभ पीकमा पुग्ने अर्थात् सबभन्दा शक्तिशाली हुने निष्कर्ष निकालेको छ । 

अनि लगभग ४५ वर्षको उमेरबाट मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइएको छ । 

जर्मनीको म्युनिखमा रहेको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धाताहरूले विगत १३० वर्षमा चेसका हजारौं खेलहरूको अध्ययन गरेका थिए । हाम्रो मस्तिष्क उमेरसँगै सुध्रिँदै जाने हो कि भनी हेरिएको थियो । 
उनीहरूले मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः क्षीण हुँदै जाने गरेको पाए । 

अनि हामी मानव प्रजातिका रूपमा दिनदिनै थप बुद्धिमान हुँदै गएको पनि अनुसन्धाताहरूले पाए । 

उवे सुन्दे र सहकर्मीहरूले सन् १८९० देखि २०१४ सम्म खेलिएका २४ हजारभन्दा बढी व्यावसायिक चेस खेलहरूमा १६ लाखभन्दा बढी मुभहरूको विश्लेषण गरेका थिए । 

त्यसक्रममा उनीहरूले कुन उमेरमा मस्तिष्कको प्रदर्शन कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाए । 

‘यसले एउटै व्यक्ति विभिन्न उमेरमा कस्तो प्रदर्शन गर्छ भन्ने विषयमा लामो समयसम्म तुलनात्मक अध्ययन गर्ने अवसर दियो,’ अनुसन्धान टोलीले जानकारी दियो । 

‘विगत १२५ वर्षमा प्रदर्शनमा सुधार आएको छ, विशेषगरी २० वर्षभन्दा कम उमेर भएका मानिसको हकमा,’ टोलीले लेख्यो । 

सन् १९९० को दशकमा प्रदर्शन ह्वात्तै माथि गएको थियो । त्यतिखेरबाट कम्प्युटरमा चेस व्यापक रूपमा उपलब्ध हुन थाल्यो । 

खेलाडीहरूले आफूलाई यन्त्रसँग भिडाउन थाले । त्यस यन्त्रले सबै मुभहरूको पहिले नै अध्ययन गर्न सक्थ्यो र खेल्दै जाँदा त्यसलाई हराउने क्षमता विकसित हुँदै गयो ।

अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार, कम्प्युटरमा खेलिने चेस र अन्लाइन खेलका अवसरहरूले खेलाडीहरूलाई चेसको थप ज्ञान हासिल गर्न र जीवनको आरम्भमै त्यसको तयारी गर्न समर्थ बनाएको छ । 

अध्ययनका निष्कर्षहरू प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित छ ।