१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक बचत बैंक अब राष्ट्रिय बाणिज्य बैंकमा गाभिने



अ+ अ-

काठमाडौं: हुलाक सेवा विभाग मातहत जिल्ला जिल्लामा शाखा रहेका हुलाक बचत बैंक र यसका शाखाहरु राष्ट्रिय बाणिज्य बैंकमा गाभिने भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको यही असार १२ गतेको बैठकले “हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने” निर्णय गरेको थियो ।

बैंकले आज मंगलबार एक सूचना प्रकाशन गरी हस्तान्तरण प्रकृया नसकिँदासम्म यही असार २६ देखि २९ गतेसम्म तीन दिन हुलाक बचत बैंकको कारोबार रोक्का राख्ने जनाएको छ । जुन जिल्लामा हुलाक बचत बैंक छन् सोही जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको शाखामा हस्तान्तरण गरिने बैंकको सूचनामा उल्लेख छ ।

हाल देशभर ६८ जिल्लामा हुलाक बचत बैंक रहेका छन् ।

हुलाक ऐन,२०१९ अन्र्तगत जारी भएको हुलाक बचत बैंक नियमावली,२०३३ अनुसार नेपालमा आर्थिक बर्ष २०३३/३४ देखि हुलाक बचत बैंक प्रारम्भ भएको थियो । देशभरि छरिएर रहेको सानो सानो पूँजीलाई बचतको रुपमा संकलन गरी नागरिकहरुको बचत गर्ने बानीको विकास तथा देश विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ हुलाक बचत बैंक स्थापना गरिएको हो ।

हुलाक बचत बैंकमा बचत खाताको मात्र कारोबार हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । नेपालको निशाना छाप प्रयोग गर्ने नेपालको यो एकमात्र बैंक हो ।

हुलाक बचत बैंकका विशेषताहरु

· सबै नेपाली नागरिकले सजिलै खाता खोली रकम जम्मा गर्न सक्ने,

· रु ५००।– मा नै खाता खोली न्युनतम मौज्दात पनि रु ५००।– मात्र भए पुग्ने,

· व्याज आयमा कुनै किसिमको कर, शुल्क नलाग्ने,

· पूर्णतया सरकारी स्वामित्वमा रहेको बैंक,

· नि:शुल्क चेक बुक उपलब्ध हुने ,

· प्रत्येक महिनाको ब्याज गणना गरिने र गणना गरिएको व्याज आर्थिक वर्षको अन्तमा साँवामा परिणत गरिने,

· नि:शुल्क रुपमा खाताको विवरण ९क्तबतझभलत ० प्राप्त गर्न सकिने,

· दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा संयुक्त खाता खोली रकम जम्मा गर्न सकिने,

· न्यूनतम रु १०,०००।– देखि अधिकतम रु ४,५०,०००।– सम्म ऋण लगानी गर्न सकिने व्यवस्था