४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

हुलाक बचत बैंक अब राष्ट्रिय बाणिज्य बैंकमा गाभिने

हुलाक बचत बैंक अब राष्ट्रिय बाणिज्य बैंकमा गाभिने
अ+ अ-

काठमाडौं: हुलाक सेवा विभाग मातहत जिल्ला जिल्लामा शाखा रहेका हुलाक बचत बैंक र यसका शाखाहरु राष्ट्रिय बाणिज्य बैंकमा गाभिने भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको यही असार १२ गतेको बैठकले “हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने” निर्णय गरेको थियो ।

बैंकले आज मंगलबार एक सूचना प्रकाशन गरी हस्तान्तरण प्रकृया नसकिँदासम्म यही असार २६ देखि २९ गतेसम्म तीन दिन हुलाक बचत बैंकको कारोबार रोक्का राख्ने जनाएको छ । जुन जिल्लामा हुलाक बचत बैंक छन् सोही जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको शाखामा हस्तान्तरण गरिने बैंकको सूचनामा उल्लेख छ ।

हाल देशभर ६८ जिल्लामा हुलाक बचत बैंक रहेका छन् ।

हुलाक ऐन,२०१९ अन्र्तगत जारी भएको हुलाक बचत बैंक नियमावली,२०३३ अनुसार नेपालमा आर्थिक बर्ष २०३३/३४ देखि हुलाक बचत बैंक प्रारम्भ भएको थियो । देशभरि छरिएर रहेको सानो सानो पूँजीलाई बचतको रुपमा संकलन गरी नागरिकहरुको बचत गर्ने बानीको विकास तथा देश विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ हुलाक बचत बैंक स्थापना गरिएको हो ।

हुलाक बचत बैंकमा बचत खाताको मात्र कारोबार हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । नेपालको निशाना छाप प्रयोग गर्ने नेपालको यो एकमात्र बैंक हो ।

हुलाक बचत बैंकका विशेषताहरु

· सबै नेपाली नागरिकले सजिलै खाता खोली रकम जम्मा गर्न सक्ने,

· रु ५००।– मा नै खाता खोली न्युनतम मौज्दात पनि रु ५००।– मात्र भए पुग्ने,

· व्याज आयमा कुनै किसिमको कर, शुल्क नलाग्ने,

· पूर्णतया सरकारी स्वामित्वमा रहेको बैंक,

· नि:शुल्क चेक बुक उपलब्ध हुने ,

· प्रत्येक महिनाको ब्याज गणना गरिने र गणना गरिएको व्याज आर्थिक वर्षको अन्तमा साँवामा परिणत गरिने,

· नि:शुल्क रुपमा खाताको विवरण ९क्तबतझभलत ० प्राप्त गर्न सकिने,

· दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा संयुक्त खाता खोली रकम जम्मा गर्न सकिने,

· न्यूनतम रु १०,०००।– देखि अधिकतम रु ४,५०,०००।– सम्म ऋण लगानी गर्न सकिने व्यवस्था