१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई ओलीको निर्देशनः अझै निर्वाचन नहुन सक्छ, हामी सजग रहौँ



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नगराउने प्रयास अहिले पनि जारी रहेको बताएका छन् । 

स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममालाई आज पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले निर्वाचन नगराउने षडयन्त्र अझै पनि जारी रहेकाले पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका हुन् । 

‘अझै पनि सजकतका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ । अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ,’ उनले भने ।

आफूहरू निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्ने अध्यक्ष ओलीले बताए ।