२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले जारी राखेको संसद्को अवरोध खुलाउने विषयमा सिंहदरबारमा सोमबार पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो तर आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो ।

छलफलमा ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राख्नुभएको थियो ।