२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसंघ केन्द्रीय विभाग प्रमुखहरूको बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।

अनेमसंघ केन्द्रीय कार्यालयमा यही असार २३ गते सम्पन्न उक्त बैठकले १८ वटा केन्द्रीय विभाग, अभियान कमिटीहरूलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ ।

बैठकमा अनेमसंघका इन्चार्ज एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सीता पौडेलले अनेमसंघका केन्द्रीय विभाग एवं कमिटीहरूलाई अनेमसंघको नीति निर्माण गर्ने र नयाँ विषयहरूको अध्ययन÷अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले विभागहरूलाई चुस्तदुरुस्त बनाउनका लागि सचिवालयको तर्फबाट पदाधिकारीहरूलाई संयोजन गर्ने जिम्मेवारी तोकिएको जानकारी गराउनुभएको थियो ।

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन पश्चात विभिन्न १८ वटा विभाग, अभियान कमिटीहरू रहेका छन् । बैठक अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा संघका उपाध्यक्षहरू सुमित्रा विसी, शर्मिला कार्की, डा. विमला राई पौड्याल, महासचिव पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँलको उपस्थिति रहेको थियो ।