२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तिन फिल्म फ्लपको मार प्रभासलाई, ‘सालार’ किन्न हच्किए हलहरु



अ+ अ-

एजेन्सी । प्रभासको आगामी फिल्म ‘सालार’सँग सम्बन्धित एउटा अपडेट सार्वजनिक भएको छ । रिपोर्टहरूलाई विश्वास गर्ने हो भने फिल्मको थिएटर अधिकार सम्झौता अलपत्र बनेको छ ।

यसको कारण यो हो कि निर्माताहरूले फिल्मको लागि २०० करोड भारु माग गरेका छन् । तर, अहिलेसम्म यस विषयमा निर्माण पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

रिपोर्टका अनुसार सालारका निर्माताहरूले थिएट्रिकल अधिकारका लागि माग गरेको रकम आरआरआरका निर्माताहरूलाई दिइएको रकम बराबर छ । सालारको बजेट पनि २०० करोड नै छ ।

फिल्मको अधिकारका लागि निर्माताले तेलंगानामा ७२ करोड, सीड जिल्लामा ३५ करोड र आन्ध्र क्षेत्रमा ९० करोड माग गरेका छन् । तर, खरिददार निर्मातालाई यति ठूलो रकम तिर्न तयार छैनन् । यसको प्रमुख कारण प्रभासका अघिल्ला फिल्महरुको प्रदर्शन रहेको मानिन्छ ।

प्रभास प्यान इन्डिया स्टार भए पनि उनका पछिल्ला तीन फिल्म ‘साहो’, ‘राधेश्याम’ र ‘आदिपुरुष’ बक्स अफिसमा फ्लप भए । प्रभासले आफ्नो करियरमा बाहुबली फ्रेन्चाइजबाट स्टारडम पाएका थिए । उनको पछिल्लो हिट फिल्म ‘बाहुबली २’ सन् २०१७ मा रिलिज भएको थियो ।

सालारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् । हालै यसको टिजर रिलिज भएको छ, जसलाई फ्यानहरुले मन पराएका छन् । फिल्मको पहिलो भाग २८ सेप्टेम्बरमा रिलिज हुनेछ । यसमा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हसन, टिनु आनन्द र जगपति बाबुजस्ता कलाकारहरु देखिनेछन् ।