२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३१ स्थानीय तहले अझै ल्याएनन् बजेट



अ+ अ-

काठमाडौँ । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था भए पनि ३० प्रतिशत स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । संघीय सरकारले जेठ १० गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको अनुमानित विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर हालसम्म ७५३ मध्ये २३१ तहले अझै बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये २३१ अर्थात् ३०.६८ प्रतिशतले अझै बजेट ल्याएका छैनन् । मधेस प्रदेशका ५० प्रतिशत स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । १३६ स्थानीय तहमध्ये मधेस प्रदेशका ६८ स्थानीय तहले बजेट ल्याएका छैनन् ।

कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ५४ वटाले बजेट ल्याएका छैनन् भने बागमती  प्रद्रेशका ११९ मध्ये ३९ स्थानीय तहले बजेट ल्याउन बाँकी छ । साथै गण्डकी प्रदेशका ८५ मध्ये ११ स्थाानीय तह र लुम्बिनी प्रदेशका १०९ मध्ये २१ वटा स्थानीय तहले बजेट नल्याएको,  कर्णालीका ७९ मध्ये १० तथा सूदुरपश्चिम प्रदेशका ८८ मध्ये २८ स्थानीय तहले बजेट ल्याएका छैनन् । यस मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहल प्रविष्ट गरेको विवरणका आधारमा तयार पारिएको मन्त्रालयको भनाइ छ ।