• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, एमालेको अडान कायमै



काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा को बैठक आज बस्दै छ । हिजो बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए । तर पछि ३ बजे पनि नबसी सूचना टाँसेर बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ । बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताउनुभएको थियो ।

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको बताउँदै प्रधानमन्त्रीको प्रेस सल्लाहकारले राजीनामा दिनुपर्ने र गृहमन्त्री श्रेष्ठले माफी माग्नुपर्ने अडान राख्दै आउनुभएको थियो । संसद अवरुद्ध गर्ने एमालेको अडान कायमै रहेकाले आजको बैठक चल्ने वा नचल्ने अझै स्पष्ट भइसकेको छैन ।

यसैबीच, आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभाको आजको बैठक ११ः०१ बजेका लागि बोलाइएको छ । आजको बैठकमा आगामी आवका लागि बिनियोजित विधेयकको शीर्षकगत छलफल हुनेछ ।