१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

शरणार्थी काण्डमा सार्वजनिक अडियोबारे आरजुको भनाई

शरणार्थी काण्डमा सार्वजनिक अडियोबारे आरजुको भनाई
अ अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको डा राणाले बताएकी छिन् । उनले सो अडियोमार्फत् आफूलाई जबर्जस्ती विवादमा ल्याउन खोजिएको उनको भनाई रहँदै आएको छ ।

साथै सो अडियोमा सन्देश शर्माको अडियो भएको भनी आज प्रहरीले भने पनि उनले दिएको बयान भने अर्कै रहेकाले यस प्रकरणमा आफूलाई जबर्जस्ती तान्ने प्रयास गरिएको डा राणाको भनाई छ ।
डा। देउवाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धान भैरहेको बेला आफुलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमो निवेदन दिएकी थिईन ।

नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले प्रहरीसँग बैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो बैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । डा देउवाले भने अडियो सार्वजनिक भएपछि बैशाख २७ गते अनुसन्धानका लागि प्रहरी समक्ष उजुरि दिएकी थिईन ।

उक्त निवेदनबारे पत्र पठाउदै प्रहरीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिए अनुसार आफुलाई अनुकुल हुनेगरी मात्रै नाम लिएको तर डा देउवालाई आफुले चिन्दा पनि नचिनेको र यो काण्डमा कहि कतै सम्वन्ध नरहेको उल्लेख गरेको भन्दै आरजु देउवाका बारेमा आएको अडियो झुट भएको जनाएको हो ।

नेपाल प्रहरीले सन्देश शर्माले अदालतमा दिएको बयान नै सत्य भएको भन्दै अडियोमा बोलिएको विषय वस्तुमा सत्यता नभएको बयानकर्ताले नै बोलिसकेको पनि यसअघि जनाएको थियो । नेपाल प्रहरीले उक्त निवेदन उपर पत्र पठाउदै अदालतमा सन्देश शर्माले दिएको बयान नै सत्य भएको उल्लेख गर्दै आरजु राणाको संलग्नता नभएको स्पष्ट पारेको हो ।

सन्देश शर्माले काठमाडौं जिल्ला अदालनमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारी सके निजहरु आएको समयमा हामी तपाईलाई फोन गर्छौं सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनी जानकारी राई दिनुभयो भने हामी बाच्छौँ भनी पहिले नै निजहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरुले भने अनुसार आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होईन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ ।’