१७ फाल्गुन २०८१, शनिबार
March 1, 2025 Saturday
Latest
आईसीसी च्याम्पियन्स ट्रफी: इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने- उपसभामुख राना चट्याङ लागेर तीनजना घाइते लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी घरको छत खस्दा एकै परिवारका ५ जनाको मृत्यु युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकासँग खनिज सम्झौता गर्न तयार छौं प्रहरीको वर्चस्व कायमै, दोस्रो दिन ६ स्वर्ण सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ मेयर बालेनप्रति सुनिताको असन्तुष्टि : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका महानिर्देशक अधिकारीले बुझाए सुदन किरातीलाई स्पष्टीकरण



file photo
अ+ अ-

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीले पर्यटनमन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् ।

सात दिने समय दिएर स्पष्टीकरण सोध्दा पनि निर्देशक अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले पुन: तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेका थिए । निर्देशक अधिकारीले शुक्रबार स्पष्टीकरण बुझाएको र सो पत्र आज दर्ता गराएका हुन् ।

मन्त्री किरातीले सात दिनको समय दिँदै अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएका थिए ।

स्पष्टीकरण पत्रमा मन्त्रालयले अधिकारीलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको, पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको विषयमा मन्त्रालयले जवाफ पेश गर्न भनेका थिए ।

मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएको पोखरा विमानस्थल सम्बन्धी विषय त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण नदिने अडान लिएका थिए ।

सात दिनको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री किरातीले दोस्रो पटक चेतावनीसहितको स्पष्टीकरण मागेका थिए ।