२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् तीन नेताको मुडमा चल्दैन – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले आपत्ति समेत जनाए ।

यस्तै, उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे गुनासो गर्दै सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएकोमा त्यसको पनि खण्डन गरे ।

सरकारले प्रतिपक्षीलाई देखाएर मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन पन्छिएको लामिछानेको आरोप छ ।

प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमतिमा आज प्रतिनिधि सभा बैठक चल्ने बताइएको थियो । तर, संसद् सचिवालयले भने सूचना टाँस गर्दै सोमबारसम्म बैठक स्थगित गरेको जनाएको छ ।