• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजुलाई पैसा दिएको भन्ने अडियो सन्देश शर्माको भएको पुष्टि



फाईल फोटो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उक्त प्रकरणका प्रतिवादी सन्देश शर्माकै भएको स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै हुन् । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको जनाएको छ ।

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गर्नुभएको थियो । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।