२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश गठनको विषयलाई नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् ।