८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चेश्वरको डिपिआर तीन महिनाभित्र बन्ने



अ+ अ-

काठमाडौँ । पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तीन महिनामा टुङ्ग्याउने सहमति भएको छ । २८ वर्षअघि नेपाल र भारतबिच सम्पन्न महाकाली सन्धिले खाका कोरेकोे डिपिआर अबको तीन महिनामा टुङ्ग्याउन नेपाल र भारतका ऊर्जा सचिवहरूबिच सहमति जुटेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार अबेर सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति बैठकले डिपिआरलाई तीन महिनाभित्र अन्तिम रूप दिनमा सहमति गरेको हो । बैठकले डिपिआरलाई अन्तिम रूप दिन र त्यसलाई कार्यान्वयनमा समेत सघाउ पु(याउनका लागि दुवै देशका सरकारले गठन गरेको विज्ञ समूहको म्याद पनि छ महिना थप गरेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलशक्ति मन्त्रालयका सचिव पङ्कजकुमारको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बेग्लाबेग्लै समयका भारत भ्रमणका व्रmममा पनि पञ्चेश्वर परियोजनाका विषयमा दुई देशका प्रधानमन्त्रीबिच छलफल भएको थियो । गत जेठमा सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै व्रmममा दुई समकक्षीबिच तीन महिनाभित्र पञ्चेश्वरको डिपिआरलाई अन्तिम रूप दिने सहमति भएको थियो । प्रधानमन्त्रीस्तरमै गम्भीरतासाथ छलफलमा आएका विषयलाई प्राधिकरण सञ्चालक समितिले पनि संवेदनशील रूपमा लिँदै आवश्यक निर्णय गरेको ऊर्जा सचिव घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब परियोजनालाई लम्ब्याइरहने होइन, निर्माणमै लैजानु पर्छ भन्ने सोचसाथ भारतीय पक्षको पनि सव्रिmयता देखिएको छ ।” प्रधानमन्त्री ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा पनि विवादका मुद्दालाई घटाउन भारतीय पक्ष तयार भएको थियो । त्यस बेला पञ्चेश्वर परियोजनाको माथिल्लो तटीय लाभको गणनामा नेपालले ५ प्रतिशत जलउपयोगिता लाभ लिइरहेको डिपिआरमा उल्लेख थियो । तर नेपाल पक्षले यो तहको उपयोगिता सिर्जना नभइरहेको भन्दै त्यसलाई १ प्रतिशतमा झारेको थियो ।

महाकाली नदीमा विकास गर्न लागिएको बहुउद्देश्यीय परियोजनाको डिपिआरमा वर्षौंदेखि विवादका विषय रहँदै आएका छन् । विगतमा डिपिआरका पाँच सय बुँदामा दुई पक्षबिच असहमति रहँदै आएकामा त्यो सूची घटेर अहिले १२७ मा आएको बताइएको छ ।

बैठकले प्राधिकरणको व्यवस्थापकीय सुधार तथा प्रशासनिक चुस्तता कायम गर्ने विषयमा पनि विभिन्न निर्णय गरेको छ । विज्ञ समूहको बैठक पनि १० दिनभित्रै बस्ने सहमति भएको मन्त्रालयले जनाएको छ । स्थलगत गतिविधिलाई प्रवर्धन गर्न दुवै देशका कार्यकारी सदस्यहरूलाई प्राधिकरणको प्रमुख कार्यालयमा एक महिनाभित्र पठाउने भनिएको छ ।

लामो समयदेखि बैठक नबसेकाले प्राधिकरणको बजेट पनि अनुमोदन हुन सकेको थिएन । यस बैठकले सन् २०१९ देखि २०२२ सम्मका चार आर्थिक वर्षको बजेट अनुमोदन गरेको छ भने सन् २०२३ को बजेट पनि स्वीकृत गरेको छ । २०५२ सालमा नेपाल र भारतबिच भएको महाकाली सन्धिमा पञ्चेश्वर बहुद्देश्यीय परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पारी आयोजना बनाउने सहमति भएको थियो ।

सुदूरपश्चिम प्रदेशको महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रूपाली गाडमा अर्को बाँधमर्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजनाको लक्ष्य छ । साथै नेपाल र भारतको लाखौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पु(याउने र सम्भावित बाढी नियन्त्रणको लाभ पनि सुरक्षित गर्ने लक्ष्य पनि सो आयोजनाको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।