११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु (भिडियो सहित)

चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाईनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । 

अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि विहिबार देखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामाग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । तालिममा आफु सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भ्यान्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“कोभिड महामारी नियन्त्रणका लागि मुलुकभर रहेका फ्रण्टलाईनमा रहेर कोभिडको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि २÷२ दिनको क्रिटिकल केयर म्यानेजमेण्ट अफ कोभिड १९ प्यासेन्ट भनेर यो तालिम सुरु भएको हो । यसबाट फ्रन्ट लाईनमा कामगर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोभिडको विरामीको उपचारमा सहयोग हुने, पोजिसन, अक्सिजन , मेकानिकल भेन्टिलेसन लगातका उपचारका लागि अत्यावश्यक पर्ने र दैनिक काम गर्दा समस्या झेलिएका विषयमा अन्तरक्रिया गरि उपचारमा सहयोग गर्ने छ ।”ं

विश्वस्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागी गराईने महासचिव डाक्टर रिजालले जानकारी दिनुभयो । ५ बटा समूहमा विभाजन गरेर  २ ÷२ दिनको दरमा १० दिन सम्म तालिम सञ्चालन गरिने छ ।