१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा अगलागी



file photo
अ+ अ-

डडेल्धुरा, । डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । 

उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उहाँले बताउनुभयो ।

तस्वीर : धनबहादर भण्डारी, रासस