१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा अगलागी



file photo
अ+ अ-

डडेल्धुरा, । डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । 

उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उहाँले बताउनुभयो ।

तस्वीर : धनबहादर भण्डारी, रासस