१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday
Latest
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी गणतन्त्र धरासायी हुने अवस्थामा पुग्यो – कमल थापा टोखामा गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण महिला कबड्डी टोली इरान प्रस्थान अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, ठूला आयोजनाहरुमा केन्द्रित हुन सुझाव राष्ट्रियसभाबाट ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१’ पारित ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने राष्ट्रियसभा सदस्यको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देन पशुपतिनाथ आरतीमा, हिन्दुराष्ट्र पुनःस्थापनामा साथ दिन आग्रह



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गर्नुभएको छ ।

शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताउनुभएको छ।

पार्टीका नेता कार्यकर्ता सहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको उल्लेख गर्दै मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गर्नुभएको छ।

आज हामी पशुपतिनाथको आरतीमा छौं, लिङ्देनले भन्नुभयो”आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन ।”