• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनु पर्छ: पूर्वमन्त्री आले



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नु पर्ने बताउनु भएको छ ।

शुक्रबार पर्यटन बोर्डमा एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको ठूलो कायापलट हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले खप्तड क्षेत्रको विकास गरे समग्र सुदूरपश्चिमको विकास हुने छ, खप्तडलाई देश विदेशमा चिनाउने गरी विकासका पूर्वाधार निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका पूर्वमन्त्री आलेले खप्तड क्षेत्रमा पर्यटकीय पूर्वाधारदेखि सडक, विधुत लगायतका सेवाको अति आवश्यक भएकाले सरकारले त्यहाँ पर्यटक भित्रयाउनका लागि सडकको पहुँच पु¥याउन जरुरी भएको बताउनुभयो । सुदूरपश्चिमका असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्रहरु रहेका भएपनि सरकारले ती क्षेत्रको विकास तथा विस्तारका लागि ठोस पहल चाल्न नसकेका कारण ती क्षेत्रहरु ओझेलमा पर्दै गएको उहाँको आरोप थियो ।

यसैगरी आफु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा सुदूपश्चिमका पर्यटकीय क्षेत्रको विकास तथा बिस्तारका लागि थुप्रै कामहरु गरेको र बजेट पनि विनियोजन गरेको भएपनि आफु मन्त्रीबाट हटेपछि अहिले ती विकासका कामहरुलाई पछिल्लो सरकारले निरन्तरता नदिएको पूर्वमन्त्री आलेको आरोप छ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुमा पर्यटक भित्रयानका लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको विकासका साथै त्यहाँका विमानस्थलहरुमा अनिर्वाय रुपमा जहाज सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै पूर्वमन्त्री आलेले आन्तरिकतर्फको काठमाडौँ पछिको दोस्रो ठूलो विमानस्थल धनगढीको स्तरोन्तीमात्रै गर्न सके सुदूरपश्चिमका खप्तड, बडिमालिका, शैलेश्वरी, बडिकेदार लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा हजारौँ पर्यटकहरु भित्रयाउन सकिने र त्यहाँको विकासमा सहज हुने धारणा राख्नुभयो ।

एभरेष्ट ग्यालरीले आफ्नै लगानीमा खप्तड क्षेत्रमा पुगेर त्यहाँका बिभिन्न मनोरम दृष्यहरु सहितको भिडियो निर्माण गरी प्रशारण गरेकोमा उहाँले समग्र टिमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यस्ता दृष्यहरुले पर्यटक भित्रयाउन सहज हुने भन्दै खप्तडका दृष्य, भिडियो छायानङ्कन गर्ने टिमलाई आगामी दिनमा आफुले सक्ने सहयोग गर्ने समेत पूर्वमन्त्री आलेले बचन बद्धता व्यक्त गर्नुभयो ।