५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा

कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभएको छ ।

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज यहाँ भएको भेटमा उहाँले भन्नुभयो, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”

डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२÷६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लड्नुभएको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गर्नुभयो ।

डा राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गर्नुभयो ।

कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाउनुभएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिनुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि उहाँले बताउनुभयो ।

नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा देउवासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा डा राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गर्नुभएको थियो । रासस