• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भिर बनाएको जिकीर समेत गर्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाउनु भयो ।

नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उहाँले भनाई थियो । अध्यक्ष लिङदेनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरितका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नु भयो, ‘देशको प्रधानमन्त्री भएको मान्छे भित्र के भो, के–के हुने गरेका छन ? त्यो सबैलाई थाहा छ । तर, जो नभन्दा पनि हुने कुरा । आम मानिसलाई सुनाएर गौरव गर्ने कुराको परिस्थिति निर्माण भएको छ कि मलाई त प्रितम सिंहले प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनु भएको थियो भन्दा खेरी मेरो दिल्लीसँग राम्रो सम्बन्ध छ । र, दिल्लीसँग राम्रो सम्बन्ध भएको मान्छेको मैले जीवनी मैले यहाँ सार्वजनिक गरिरहेको छु भनेर सुनाएर देशबासीलाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री अहिले मुलुकले पाईरहेको छ । यो एउटा मात्रै घटना होइन । अलि अगाडि अघिल्लो पटक सरकार बनाउने क्रममा पनि अहिलेकै प्रधानमन्त्रीेले भन्नु भएको थियो–कि हामी फलानाफलाना दल मिलेर यो देशमा सरकार बनायौं भने छिमेकीहरुलाई कम्फटेवल हुन्छ भनेर ।

जसरी हाम्रो नेताहरु विदेशीको सेवा गरेर मात्रै, विदेशीहरुको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ, सत्तामा रहन सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ । त्यसरी नै हाम्रो भू राजनीतिक परिस्थिति पनि अत्यन्तै पेचिलो बन्दै गएको छ । अहिले अझै हाम्रो लागि सकसपूर्ण परिस्थिति बन्दै गएको छ । हिजो उत्तर र दक्षिणको कुरा मात्रै थियो । दक्षिण र पश्चिमको विशेष सम्बन्ध यी सबैलाई सन्तुलनमा राखेर, सबैसँग बराबरीको सम्बन्ध राखेर, सबैलाई आश्वस्त बनाएर देशलाई अगाडि लैजानुपर्नेमा, देशलाई सबै हिसावले परनिर्भर बनाउने र कसेको आडमा सत्तामा टिकिरहने जुन संस्कृतिको विकास भएको छ । त्यसले अहिले नेपाल गम्भिर भूराजनीतिको चपेटामा परेको अनुभूति गर्न सक्छौं । यो खतरा एउटा र उसको सत्ताका लागि होइन । सिंगै राष्ट्रको लागि हो ।’

अध्यक्ष लिङदेनले नेपाली सेनाको संख्या कटौति गर्न नहुने पार्टीको अडान पनि राख्नु भयो । मुलुकको राष्ट्रिय एकता कमजोर भईरहेका बेला नेपाली सेनाको संख्या कटौति गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उहाँले बताउनु भयो ।