५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छः प्रहरी महानिरीक्षक कुँवर

सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छः प्रहरी महानिरीक्षक कुँवर
अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताउनुभएको छ ।

शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताउनु भयो । उहाँले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताउनु भयो । उहाँले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताउनु भयो ।

प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने भनेअनुसारको सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ । प्रहरीले आफ्नो कार्य सम्पादन गर्नसक्छ । समग्र रुपमा संगठन रुपान्तरण र विकास गर्ने हकमा वातावरण राम्रो छ । त्यो वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ । अहिले चुनौति त धेरै छन् । अहिले हामीसँग साधनश्रोत छैन, राष्ट्रको ढुकुटी रित्तिएको छ । तर पनि पैसा बिना केही हुँदैन । त्यसकारण पसा नलाग्ने कुरामा कसरी गर्न सकिन्छ, र सामान्य नीतिगत निर्णय गरैर गर्नसक्ने कुरा के छन् भन्नेकुरा हो ।

तर नीतिगत निर्णय गर्दा संगठनका कर्मचारीहरुको मनोबल उच्च गराउनुपर्छ । त्यहाँ पनि पैसासँग जोडिएको हुन्छ । ३० वर्षे, १८ वर्षे, रासन बराबर गर्नेकुरा लगायतका यावत कुरामा सहयोग छ । गृहको नेतृत्व एग्रिसिप रुपमा लागेको छ, तर अरु पक्षबाट त्यो किसिमको वातावरण सीमा भएर पनि होला पूरा हुन सकेको छैन, अहिलेको उपयुक्त वातावरण छ । साइबर अपराधको कुरामा हाम्रो माग अनुसार नै क्याबिनेटले हिजो डिसिजन गरेको छ । नागरिकहरुको हीतकै लागि सेवा प्रवाहकै लागि अहिले जिल्लाजिल्लाबाट साइबरको मुद्दा चलाउने र यसलार्ई नियन्त्रण गर्ने भन्ने कुरा छ ।

यो गर्दा स्वभाविक रुपमा हामीमा चुनौति छन्, हामीसँग जनशक्ति छैन, यसलाई छुट्टै किसिमको काम, सीप चाहिने कुरा छ । कमसेकम हरेक जिल्लामा ३,४ जना यससँग सम्बन्धित मानिसलाई तालिम दिएर लैजाने चरणमा हामी छौँ । समायोजनको विषय छ । नीति तथा कार्यक्रममा ६ महिनाभित्र समायोजनमा जाने भन्ने छ । यसलाई हामीले गम्भीरताकासाथ लिएर अहिलेको कार्ययोजना पनि राखेका छौँ । राज्यले निर्देशन दिएको बेलामा हामी तयार छौँ । सम्भवतः यो तोकिएकै समयमा हुन्छ ।’

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८/०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ । चालु गत तीन महिनामा ३ हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९केजी चरेश, ४.२५ केजी हेरोईन र ४.९८ केजी अफिम बरामद भएको छ । लागुऔषध ब्युरोद्वारा सञ्चालिन विशेष अपरेशनमा रात्रि क्लव, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरुमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित ५ जना विदेशी, ७ जना नेपाली समेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र ६ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाईते १ हजार ६२७, साधारण घाईते ६ हजार ७२१, कारबाही ७ लाख ३६ हजार ४७० र राजश्व संकलन ५६ करोड ४६ लाख ५४ हजार २ सय भएको छ । अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रँ र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट १ अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपैयाँ राजश्व संकलन भएको छ ।

विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरुसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको बताएको छ । उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट शुरु गरिुएका नयाँ कार्यक्रममा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडित पुनः भेटघाट कार्यक्रम, मधेसमा अल्पसंख्यकसँग प्रहरी, वागमतीमा स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा हिरासत व्यवस्थापन अधिकृत, लुम्बिनीमा आत्महत्या न्युनिकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा लागुऔषधविरुद्ध महाअिभयान शुरु गरिएको जनाएको छ ।