• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजियो: ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतलाई विवादमा तानेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित स्ववियु काउन्सिल नेपालको भेलामा उहाँले भारतले नेपालमा सरकार बनाउँछु नभनेको उल्लेख गर्दै भन्नुभयो, “त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।”

नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

“यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन”, भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको भन्दै ओलीले भन्नुभयो, “यस प्रसंगमा कसैले बोलोस्, अनि भारतलाई भनौँला भन्ने सोच हुनसक्छ ।