२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितलाई न्याय नदिलाई बिश्राम लिइनेछैन : गृहमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय नदिलाई बिश्राम नलिने बताउनुभएको छ । संसद अवरोधका कारण मिटरब्याजसम्बन्धी ऐन संशोधन हुन नसकेको प्रति रुष्ट हुँदै उहाँले पीडितलाई न्याय दिने कामलाई भने जारी राख्ने स्पष्ट पार्नुभयो ।

‘आज म धेरै आहात भएको छु।आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर गरिएन । आजैदेखि यससम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ ।यसबाट को पीडित जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ’, उहाँले भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने भन्दै पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई बिश्राम स्पष्ट पार्नुभयो ।

‘आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ। बिधेयक संसदको प्रक्रियामा छ ,अघि बढाइनेछ र कानुन बनाइछाडिनेछ । तसर्थ पीडितहरुलाई निरास नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ’, उहाँले भन्नुभयो ।