• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने



काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त विषयमा जवाफ माग्न लागेको हो ।

‘हामी प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ माग्छौं ।’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । यद्यपि, बैठक भने अवरुद्ध नगर्ने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ भने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने तयारी गरिरहेको छ ।

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र पटक–पटक दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।