२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतालाई बालेनको जवाफ- वर्षभरी धान रोपे भारतको गुलाम हुनुपर्दैन



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजनीतिक दलका नेताहरूलाई फेरि भारतको गुलामको संज्ञा दिनुभएको छ ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुन नपर्ने सुझाव दिनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।’

शुक्रबार धान दिवसको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए ।