• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

वर्षाका कारण मुलुकका अधिकांश राजमार्गमा अवरोध



फाईल फोटो

काठमाडौँ । मुलुकका प्राय सबै जसो भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि अधिकांश भागमा वर्षा हुने बताएको छ ।

वर्षाका कारण देशका केही राजमार्गमा सवारी साधनमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार बिहान १०:३० बजेसम्मको अपडेट जारी गर्दै पाँचथरको फिदिम नगरपालिका–४ स्थित तमोर करिडोर सडक खण्ड तथा फिदिम–४ र हिलिहाङ गाउँपालिका–७ मा पर्ने मेची राजमार्ग सडक खण्डमा सवारी आवागमन अवरोध भएको जनाएको छ ।

त्यसैगरी वर्षाका कारण संखुवासभास्थित धर्मदेवी नगरपालिका–८ ठूलो अकरको भिर, लेगुवा खाँदखबारी सडकखण्डमा अवरोध उत्पन्न भएको छ ।

बागमती प्रदेशमा चितवनको इच्छामनकामना गाउँपालिका–५ तीन नं पुल, नारायणगढ मुग्लिङ सडकखण्ड पनि अवरोध भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–८ मन्थली, चरिकोट लामाबगर सडक खण्डमा पनि सवारी साधनको आवागमन हुन सकेको छैन ।

ललितपुर महानगरपालिका–३ भालुखोला र पाङ्दुर डोल कान्ति लोकपथमा पहिरो गई एकतर्फी सडक खुलेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ केराबारी, बेनी–मालढुङ्गा सडक खण्डमा वर्षाका कारण अवरोध उत्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको पाल्पास्थित तानसेन नगरपालिका–५ तिनलाँकुरी, पाल्पा–गुल्मी पक्की सडक खण्ड र अर्घाखाँचीको सितगंगा नगरपालिका–२ स्थित भुवनपाटा, गोरुसिंगे सन्धिखर्क सडक खण्डमा पनि सवारी साधन चल्न सकेका छैनन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा अछामको बान्निगढीजयगढ गाउँपालिका–४ कचरेटी खोला, मंगलसेन–साँफे सडक खण्ड र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँज र माकिकार्जुन गाउँपालिका–४ नेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडक खण्डमा पनि वर्षाका कारण सवारी साधनको आवागमनमा अवरोध उत्पन्न भएको छ ।

त्यस्तै बैतडीस्थित सुनर्या गाउँपालिका–८ आलुगैरा, जयपृथ्वी राजमार्गको खोडपे बझाङ सडक खण्डमा अवरोध भएको छ ।

प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

लामो यात्रामा निस्क्नुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्षका ९८५१२८३२७३, ४४११५४९ नम्बरहरूमार्फत जानकारी लिनहुन प्रहरीले अनुरोध गरेको छ ।