३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा आकाशमा हिँडेको अनुभूति गर्न सकिने ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौँको कमलादीमा निर्माण भएको ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा आएको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावरको व्यावसायिक सुरुआत असार १५ गते अर्थात आज बिहान बाट सुरु भएको छ ।

निर्माण कम्पनीले आज बिहान टावरको पुजा गर्दै औपचारिक रुपमा सुभारम्भ गरेको हो । कम्पनीले साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् । स्काइवाकमा प्रवेशका लगि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमा ३ फिट भन्दा साना बच्चाहरूका र ८० वर्ष माथिका वृद्धहरुलाई निःशुल्क प्रवेश रहेको छ । साथै फरक क्षमता तथा विद्यार्थीका लागि छुट्टै किसिमका व्यवस्थाहरु राखिएका छन् ।

 

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहने छन् । टावरको सबैभन्दा माथि स्काई वाक हुनेछ । जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीका संञ्चालक मध्येका एक लोकनाथ अधिकारीले बताउनुभयो ।

कम्पनीका अध्यक्ष ई. आकर्षण पोखरेलका अनुसार ‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।’

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ । साहसिक पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्न गर्न यो टावरको उचाइमा बञ्जीजम्प र विद्युतीय पिङ पनि राख्ने तयारी भइरहेको छ ।

साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्नि व्यापारिक केन्द्रहरु रहने गरी ३६ ओटा भन्दा बढी सटरहरु निर्माण भएका छन् । यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो रहेको संञ्चालक अधिकारीले बताउनुभयो ।