३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा पनि एमालेकै नाममा भाषण गरेको देख्छु– राजेन्द्र राई



फाईल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेशका नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले एमालेकै नाममा भाषण गरेको देख्ने बताएका छन्।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद राईले एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको बताए। उनले एमालेसँग विश्वासको मतको समर्थन मात्र नभएर पार्टि मिलाउन मन भएको जिकिर गरे ।

‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ।’, उनले भने, ‘त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्’।