६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह
अ+ अ-

काठमाडौँ । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ ।

विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ । बिहीवारबाट शुरु भएको दोस्रो विपद् जोखिम न्युनिकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताउनु भयो ।

उहाँले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो । उहाँले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि बताउनु भयो । उहाँले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थहरुको पनि विपद् व्यवस्थापन र न्युनिकरणका लागि सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृह मन्त्रालय तीन वटा विपद्का मुख्य चरणहरु, विपद्पूर्वको पूर्वतयारीको चरण, गृह मन्त्रालय त्यसमा धेरै सहभागी नभएपनि काम मन्त्रालयको निर्देशनमा नै रहेर भइरहेको हुन्छ । तर हामी सम्बन्धित साझेदार निकायसँग, सम्बन्धित मन्त्रालयसँग र अरु हिसावले जनचेतना निर्माण गर्ने निकाय यसमा संलग्न हुन्छन् । विपद्को तत्कालीन राहत, उद्धार बाहेकको पछिको दीर्घकालीन पुन:निर्माण, पुन: एकीकरणको विषयमा पनि गृह मन्त्रालयले भुमिका निभाइरहेको हुन्छ ।

मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्युनिकरण तथा पुन: निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरु निकाय योसँग सरोकार राख्ने गैरसकारी निकायहरुको सहयोगमा हामीले उपलब्धि हाँसिल गरिरहेका छौँ । यो साझा प्रयत्नबाट भएको हो । हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ । विपद् रोकथामका कार्यमा राज्य मात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’

विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने बताउनु भयो ।