२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: विश्वासको मतमा जसपा तठस्थ बस्ने



अ+ अ-

विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गर्नुहुने विश्वासको मतका बारेमा तटस्थ बस्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, “हामी पहिचानको आन्दोलनमा छौँ, मतदान प्रक्रियामा सहभागी हुन्नौँ, पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो।”

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको थियो ।