२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिकसरहकै तलब दिन निजी विद्यालयलाई बालेनले गराए सचेत



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई पनि सामुदायिक विद्यालयकै सरह सुविधा उपलब्ध गराउन सचेत गराउनुभएको छ ।  आज सामाजिक सञ्जालमा एक सूचना सार्वजनिक गर्दै प्रमुख शाहले ऐनमा उल्लेख भएअनुसार नै तलब उपलब्ध गराउन सूचित गराउनुभएको हो ।

‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनि उल्लेख छ । काठमाडौँ महानगरपालिका विद्यालय व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तबल भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ’, उहाँले भन्नुभयो ।

सोही बमोजिम प्रमुख शाहले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने तलब नै संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयलाई सूचित गराउनुभएको छ ।

यस्तो छ सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले पाउने तलब