२६ श्रावण २०८३, मंगलवार
,
Latest
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य छोटी भन्सार पुनःसञ्चालनको माग बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

इद उल अज्हा संयम, धैर्य, शान्ति र भाइचाराको पर्वः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक इद उल अज्हा (बकर इद), २०८० को स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुस्लिम समुदायको दोस्रो ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयम, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने पर्व हो । मुस्लिम समुदायमा इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा इद उल अज्हा (बकर इद) मनाउने गरिन्छ ।

नेपाली समाजको विशिष्टता नै यहाँको सामाजिक एवं सांस्कृतिक विविधता हो । मानव जातिका मुख्य महाजातिहरू आर्य, मङ्गोल, आष्ट्रिक र द्रविड अन्तर्गतका अनेकौं जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नै नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको छ ।

‘बकर इद जस्ता चाडपर्वहरूको माध्यमबाट सम्पूर्ण नेपाली हरूमा आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु, उहाँले भन्नुभयाे ।

इद उल अज्हा (बकर इद)ले सबै नेपालीलाई आ-आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।