१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: शिक्षण अस्पतालबाट स्लाइनसहित मीनबहादुरसहित ३ जनालाई सरकारी वकिलको कार्यालय लगियो



अ+ अ-

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको छ ।

ललिता निवास प्रकरणमाथि थप अनुसन्धान गर्न म्याद थपको प्रक्रियाका लागि पक्राउ परेका चार जनालाई सरकारी वकिलको कार्यालय लगिएको हो ।

पक्राउ परेकामध्ये गुरुङसहित तीन जना बिरामी भएपछि उनीहरुलाई हिजो मंगलबार महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुलाई अस्पतालबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याएर म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

स्लाइन चढाएकै अवस्थामा स्लाइनको बोतल हातमा बोकेर उनीहरु सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

ललिता निवास प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् । पत्रकार सम्मेलन गरी सीआईबीले प्रकरणमा संलग्न अन्यमाथि निगरानी रहेको जनाएको छ ।