२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षण गर्न नमान्दा ज्यान गयो



अ+ अ-

पाँचथर । परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आज दिउँसो घरमै निधन भएको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो । 

ती व्यक्तिमा मृत्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो । केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो । मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा सङ्क्रमण भएको सङ्क्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए ।
 
परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतकको शरीरलाई घर नजिकै धार्मिक मान्यताअनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो । यो घटनासँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई जिल्लामै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने यहाँ सङ्क्रमण पुष्टि भएका थप तीन जनाको उपचारका क्रममा झापामा मृत्यु भएको छ ।