• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम, भारत ४० औँ स्थानमा



सिङ्गापुर । सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमश: द्वितीय र तृतीय स्थानमा उभिएका छन् ।

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको पछिल्ला वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ ।

गत साता आईएमडीको वल्र्ड कम्पिटिटिभनेस सेन्टर (डब्लुसीसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्रमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ । सन् २०१९ र २०२० मा पहिलो स्थानमा रहेको गणतन्त्र सन् २०२१ मा पाँचौँ स्थानमा रहेको थियो ।

डब्लुसीसीले दीर्घकालीन मूल्य सिर्जना हासिल गर्नका लागि आफ्नो दक्षतालाई कसरी व्यवस्थापन गर्दछ भन्ने आधारमा देशहरूको विश्लेषण र श्रेणीकरण गर्दछ । यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उत्पादकत्वका अतिरिक्त यसले उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने बिषयलाई मूल्याङ्कन गरी सार्वजनिक गर्छ ।

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र संयुक्त अरब इमिरेट्स ९युएई० क्रमश: छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

सन् २०१९ देखि २०२१ सम्म लगातार ४३ औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औं स्थानमा रहेको छ । आईएमडीको रिपोर्टको आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ । यद्यपि, व्यापार, पूर्वाधार र आर्थिक प्रदर्शनमा अन्य देशहरूको तुलनामा केही कमजोरी प्रदर्शन गरेका कारण ४० औँ स्थानमा उभिएको हो ।

विशेष गरी, भारतलाई विशेष अङ्क दिलाउन योगदान गरेका शीर्ष तीन उपायहरूमा विनिमय दरमा स्थिरता, क्षतिपूर्ति स्तर र प्रदूषण नियन्त्रणमा सुधार रहेको रिपोर्टमा बताइएको छ । सन् २०२३ मा भारतले आफ्नो उच्च जीडीपी वृद्धि कायम राख्ने, वित्तीय बजारको उतार चढावको सामना गर्ने, मुद्रास्फीति र वित्तीय घाटा नियन्त्रण गर्ने, डिजिटल रूपान्तरणलाई गति दिने र पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्ने जस्ता चुनौतीको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ को नतिजाले कोभिड–१९ को महामारीपछि खुल्न ढिला भएका अर्थतन्त्रले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा कसरी सुधार देखिन थालेको छ भन्ने कुरा पनि उजागर गरेको छ । उदाहरणका लागि थाइल्याण्ड, इन्डोनेसिया र मलेसियाको वरियतामा सुधार आएको छ भने सुरुमै खुलेका स्वीडेन र फिनल्यान्डजस्ता अर्थतन्त्रहरू पछि परेका छन् ।

सन् २०२२ मा शीर्ष १० वरियता क्रममा यूरोपका पाँच मुलुक पर्न सफल भएका थिए । सन् १९८९ मा पहिलो पटक प्रकाशित आईएमडी वल्र्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई) एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरूको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ स्रोत हो । रासस