काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहंकारी भएको बताएको छ । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँने बताएका हुन ।
रिजालले भने, ‘अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँछन्।’
उनले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन् । अदालतबाट न्याय मिल्ने पनि उनको भनाइ थियो।
सरकारले ल्याएको बजेट लोकप्रिय छ ? भन्ने प्रश्नमा उनले बजेट वा सरकार लोकप्रिय होला भन्ने चिन्ता कांग्रेसले नगरेको बरू जनताको चिन्ता गरिरहेको बताए।
‘यो सरकार लोकप्रिय होला भन्ने चिन्ता छैन, बरू जनताको चिन्ता हो,’ उनले भने, ‘जनता कोरोना महामारी र बढ्दो महँगीमा छन्।’











