• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु

अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी…



वासिंटन । लामो समयसम्म अन्तरिक्षमा बस्न र भविष्यका ठूला मिसनहरू पूरा गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? पानी, जुन दशकौँदेखि खोजी भइरहेको छ ।

अन्तरिक्षमा पानीको मिलन भनेको जीवनको मिलन हो। यसबारे पछिल्लो अपडेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आएको हो जहाँ वैज्ञानिकहरूले विधिद्वारा ९८ प्रतिशत पानीलाई रिस्टोर गरेका छन् ।

यसलाई ठूलो उपलब्धिका रुपमा हेरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले वैज्ञानिकहरूले अन्तरिक्ष यात्रीको पसिना र पिसाबलाई पुनः प्रयोग गरी पिउन योग्य पानीमा परिणत गरेको बताएको छ ।

स्पेस डटकमका अनुसार अन्तरिक्ष स्टेशनमा प्रत्येक अन्तरिक्ष यात्रीलाई पिउन, खाना पकाउन र सरसफाइका लागि प्रति दिन एक ग्यालन पानी चाहिन्छ।

अन्तरिक्ष यात्रीहरूले प्रणालीहरू प्रयोग गरे जुन इसीएलएसएसको भाग हो। इसीएलएसस भनेको वातावरण नियन्त्रण र जीवन समर्थन प्रणाली हो जसले अन्तरिक्षमा थप प्रयोगको लागि खाना, हावा र पानी जस्ता चीजहरूलाई पुनःप्रयोग गर्ने लक्ष्य राख्छ।

सास र पसिनाको आर्द्रताबाट निकालिएको पानी

इसीएलएसएस बनाउने हार्डवेयरमा पानी रिकभरी प्रणाली समावेश हुन्छ जसले फोहोर पानी जम्मा गर्छ र यसलाई पिउन योग्य पानी उत्पादन गर्ने वाटर प्रोसेसर एसेम्बली (डब्लुपीएस) मा पठाउँछ।

क्याबिन क्रुको सास र पसिनाबाट क्याबिनको आमा निस्केको आद्र्रतालाई एकत्रित गर्नका लािग एक उन्नत डिह्युमिडिफायरको प्रयोग गरिन्छ ।

अर्को प्रणाली, मूत्र प्रोसेसर एसेम्बली (यूपीए) भ्याकुम डिस्टिलेसन प्रयोग गरेर पिसाबबाट पानी निकालिन्छ ।

पिसाबमा ९८ प्रतिशत सफा पानी पाइन्छ

यो प्रक्रियाबाट बाइ प्रोडक्टकमा रुपमा नुनिलो पानीको उत्पादन हुन्छ जसबाट खराब पानी निकाल्नका लागि एउटा ब्राइन प्रोसेसर (बीपिए) लाई युपीएमा जोडिन्छ ।

जोन्सन स्पेस सेन्टर टोलीका सदस्य क्रिस्टोफर ब्राउनका अनुसार बीपीएले पिसाबबाट निकालिएको सफा पानीको मात्रा ९४ प्रतिशतबाट ९८ प्रतिशतमा बढाएको छ जुन अहिलेसम्मकै उच्च हो। पिउने पानी पुनःस्थापित गर्ने यो विधिले मंगल ग्रह जस्ता लामो अन्तरिक्ष अभियानहरूमा मद्दत गर्न सक्छ।

एजेन्सीको सहयोगमा