• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रतिनिधिसभा बैठक : सांसदका प्रश्नको जवाफ मन्त्रीहरुले दिँदै



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि जारी हुनेछ । विहान ११ बजे बस्ने तय भएको बैठकमा बिनियोजन विधेयक, २०८० अन्तर्गतका विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची छ ।

जसमा आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरुले छलफलका क्रममा उठेका विषयमा जवाफ दिनुहुनेछ ।

साथै आजको बैठकमा परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपाने मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका मन्त्रीले पनि जवाफ दिनुहुनेछ । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा हिजोदेखि सुरु भएको हो ।