• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ

अदालतको अवहेलना गरेको आरोपमा बालेनविरुद्ध उजुरी दर्ता



काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ ।

मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी अधिवक्ता वर्षाकुमारी झाले निवेदन पेश गरेकी हुन् ।

उक्त निवेदनलाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । यद्यपी, इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै मुद्दा अघि बढ्नेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई लिएर उच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध मेयर शाहले आलोचना गरेका थिए । उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउदै आफूले उक्त आदेशको पालना नगर्ने बताएका थिए ।