२३ असार २०८३, मंगलवार
,
Latest
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक शुरू, यस्ता छन् छलफलका एजेन्डा



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक शुरू भएको हो । 

एमाले स्रोतका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका १२ पूर्वसांसद माथिको कारवाहीबारे छलफल हुने बतायो ।

यसअघिको स्थायी कमिटी बैठकले माधव नेपाल झलनाथ खनाल, भीम रावल लगायत ११ जनामाथि कारबाही गरेको थियो भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत १२ जनालाई स्पष्टीकरण सोधेको थियो । 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा हिजो एमालेका दोस्रो तहका नेताहरुले पार्टी विवाद हल गर्नेबारे छलफल गरेका थिए ।