२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो ।

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उहाँसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो ।

आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो । अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ ।

विसं २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो । रासस