१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा कम बजेट दिएको भन्ने सत्य होइन– प्रधानमन्त्री



तस्बिर: रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ । ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरासियाको मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भनी राख्नुभएको प्रश्नको जवाफमा उहँँले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेस प्रदेशलाई दिइएको स्पष्ट पार्नुभयो ।

संघीय सरकारकै मातहतमा मधेस प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।

“मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँका अनुसार त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।”

मधेसमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको उल्लेख गर्दै उहाँले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।