२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मसिद्धका सन्तानलाई महोत्तरीमा दिन थालियो नागरिकता, धनुषामा पनि आइतबारबाट प्रदान गरिने



अ+ अ-

काठमाडौँ । महोत्तरी जिल्लामा शुक्रबारदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ ।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरी प्रशासनले बताएका छ ।

जिल्ला प्रशासनले नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन सबै पालिकालाई पत्राचार गरिसकेको छ।

धनुषा जिल्लामा भने आइतबारदेखि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने जनाइएको छ ।