२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँचको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिकामा बिहीबार राति जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै १३ जनाको राति नै उद्धार गरिएको छ ।

गाउँपालिकाको वडा नं ५ ताक्लुङस्थित सिलिङ र डाँडबारीबीचमा पर्ने अमलडाँडामा जन्ती बोकी फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेहरुको उपचारका लागि तनहुँका आबुखैरेनी पठाइएको थियो ।

गाडी सडकभन्दा करिब दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा समस्या भएको प्रहरीको भनाइ छ ।