२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सांसदको जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ । आज विहान ११ बजे बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा सरकारसँग सोध्न चाहेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ ।

प्रधानमन्त्री दाहालले यसअघि गत महिना पनि सांसदहरुसँग सवाल जवाफ गर्नुभएको थियो । प्रश्नोत्तरका लागि हरेक समूहका १५ जना सदस्य रहनेगरी १७ समूह विभाजन गरिएको छ ।

साथै आजको बैठकमा बिनियोजन विधेयक २०८० माथिको विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहनेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकमा बिनियोजित बजेटमाथि छलफल हुनेछ ।