५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान होप र पुरनको शतकमा वेस्ट इन्डिजद्वारा नेपाललाई ३४० रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं। जारी विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको हरारे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनायो ।

वेस्ट इन्डिजको लागि कप्तान शाई होप र निकोलस पुरनले शानदार शतक प्रहार गरे । कप्तान होपले १२९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १३२ रन बनाए । यस्तै पुरन ४४ औं ओभरको अन्तिम बलमा ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाएर दीपेन्द्रसिंह ऐरीबाट कट एन्ड बोल्ड भए । चौथो विकेटको लागि होप र पुरनले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

यस्तै, वेस्ट इन्डिजका ब्रान्डान किंगले ३२ रन बनाउदा रोभमन पवेलले २९ रन जोडे । इन्डिजका अन्य कुनै ब्याटरले दोहोरो अंकका रन बनाउन सकेनन् ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।