२६ श्रावण २०८३, मंगलवार
,
Latest
गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, छुटेर ठिकै भयो– उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले चार दलीय समाजवादी मोर्चामा नेसपा अध्यक्ष डा. बाबुराम छुटेकोमा राम्रै भएको टिप्पणी गरेका छन्।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा नेसपा मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले भट्टराईको एक्लै हिड्ने बानी रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताउदै भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’

अध्यक्ष यादवले मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।